७ कार्तिक २०८३, शनिबार

भुमहीमा वित्तीय साक्षरता अभियानका लागि ‘फाइनान्सीयल लिट्रेसी’ कार्यक्रम सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । मुक्तिनाथ विकास बैंकले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित भुमही बजारमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्न ‘फाइनान्सीयल लिट्रेसी’ कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सहयोग गर्दै आएको बैंकले पछिल्लो समय सो सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

यसैगरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर पनि वितरण गरेको छ । यससँगै, ट्राफिक सचेतनाका लागि वोर्ड बैंकले पार्वतीपुर बजार सामुदायिक संस्थालाई पनि २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

साथै इलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम सञ्चालनका निमित्त बैंकले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यसका साथै बैंकले मोटरसाइकल दुर्घटनामा परी अपाङ्गता भएका आँधीखोला गाउँपालिका–६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको जानकारी दिएको छ ।