
काठमाडौँ, १९ मंसिर । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा मंसिर १९ गते देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ ।
नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौाँम काठमाडौँ महानगरपालिका वडा नं. ०६ नयाँबानेश्वर चोकस्थित नयाँबानेश्वर शाखा, ७४ औँ शाखाको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा, ७५औँ शाखाको रुपमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट शाखा, ७६ औँ शाखाको रुपमा दाङको घोराही उप–महानगरपालिका वडा नं. १५ बि.पि.चोकस्थित घोराही शाखा र ७७औँ शाखाको रुपमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ साझाचोकस्थित कोहलपुर शाखा रहेका छन् ।
यस विकास बैंकको नयाँबानेश्वर शाखाको उद्घाटन विकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अंजु कुमारी गुप्ताले सयुंक्त रुपमा गरे ।
बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप–प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडाले सयुंक्त रुपमा गरे ।
मणिग्राम शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सयुंक्त रुपमा गरे ।
घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरु प्रतापकुमार आचार्य तथा रामचन्द्र सिग्देलले सयुंक्त रुपमा गरे ।
साथै कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रुपमा गरे ।
हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरुमार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया