७ कार्तिक २०८३, शनिबार

नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिरलाई १२ डस्टबिन प्रदान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । नेपाल एसबिआई बैंक लिमिटेडले जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ ।

यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवर्द्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अवसरमा बैंकले जानकी मन्दिरमा क्युआर कोड र पीओएस मेसिन हस्तान्तरण तथा जडान गरेको छ जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त गर्न सक्नेछ । डिजिटल डोनेशन स्थापना गर्नाले डिजिटल दान गर्न चाहने लाखौँ स्वदेशी तथा विदेशी आगन्तुकहरूलाई सहज हुने बैंकको विश्वास छ ।

जानकी मन्दिरमा आयोजित समारोहमा एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककूमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले डस्टबिन, क्युआर कोड, पीओएस उत्तराधिकारी महन्ता राम रोशनदास वैष्णलाई हस्तान्तरण गरे । समारोहमा बकैंका प्रदेश(२, प्रमुख लेखनाथ पोखरेल, जनकपुर शाखा प्रबन्धक दीपेन्द्र ठाकुर तथा बकैंका अन्य पदाअधिकारीहरुका साथै जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्ता श्री श्री १०८ रामतपेश्वर दास वैष्णव, पुजारी ऋषिकेश झा, र मन्दिर व्यवस्थापनका पदाधिकारी तथा सयौं तीर्थयात्रीहरुको उपस्थिति रहेको थियो ।