२ कार्तिक २०८३, सोमबार

पत्नीलाई एक्लै छाडेर घर आउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

King-Gyanendra-IIIकाठमाडौं, १ वैशाख । चार दिनअघि पत्नी कोमलको उपचार गराउन दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी वैशाख ४ गते अपराह्न चार बजे नेपाल फर्कने भएका छन् ।

यही वैशाख ५ गते आमाको मुख हेर्ने दिनमा पूर्व मुमाबडामहारानी रत्नलाई भेट गर्न ज्ञानेन्द्र र हिमानी आउनलागेका हुन् । हरेक सोमबार आमालाई भेट्न महेन्द्र मञ्जिल जाने गरेका ज्ञानेन्द्र पुनः भारत र्फकने छन् । उनी वैशाख ७ गते पुन भारत फर्कने कार्यक्रम रहेको छ ।

२१ गते अर्दली, नानी बज्यै र कर्मचारीसहित भारत गएकी हिमानी भने ७ गतेदेखि निर्मलनिवासमै बस्नेछिन् । करिब चार वर्षदेखि महेन्द्र मञ्जिल बसेकी रत्न करिब ९ महिनाअघि छोरा ज्ञानेन्द्रलाई हृदयघात हुँदा भेट्न नर्भिक अस्पताल पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।