
हेटौडा, १७ मंसिर । नेपाली कांग्रेसका सहमहामन्बी डा. प्रकाशशरण महतले पार्टीलाई विचार केन्द्रित बनाउँदै सामूहिक भावनाले सबैलाई समेटेर अगाडि बढाउनु पर्ने विचार व्यक्त गरेका छन् ।
नेपाली काङ्ग्रेसको बागमती प्रदेश अधिवेशनलाई हिजो बिहीबार हेटौंडामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेपाली कांग्रेसमा व्यक्ति केन्द्रित होइन, विचार, सिद्धान्त र नीति केन्द्रित बहस होस् र त्यसका आधारमा पार्टी चलोस सहमहामन्त्री डा. महतले भने, ‘विचार केन्द्रित हुनासाथ व्यक्तिगत मतभेद अन्त हुन्छ । पार्टीभित्र गुट उपगुट विकसित हुन पाउँदैन ।’
सहमहामन्त्री डा. महतले नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अत्यन्त उत्साहजनक रुपमा व्यापक सहभागितामा भइरहेको पनि उल्लेख गरे । संविधानसभाले निर्माण गरी जारी गरेको संविधानसँग तादात्म्य रहने गरी महिला, आदिवासी, जनजाती, मधेशी, अल्संख्यक, विभिन्न वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी व्यापक सहभागिता सुनिश्चित गरी भएको यो अधिवेशनले पार्टीलाई नयाँ दिशा र गति दिने विश्वास उनको छ ।















प्रतिक्रिया