९ कार्तिक २०८३, सोमबार

दीपदान तथा शतबीज छरेर मनाइयो बाला चतुर्दशी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । बिहीबार साँझदेखि पितृका नाममा दीपदान गरी आज शुक्रबार बिहान छरेर बाला चतुर्दशी पर्व मनाइएको छ ।

पशुपतीनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै पितृका नाममा बत्ती बाल्नेहरूको भीडभाड थियो । रातभरि जाग्राम बसी, भजन किर्तन गरी दीपदान प्रज्वलन गरी बिहान स्नान गरेपछि शुक्रबार बिहानैदेखि मानिसहरुले शतबीज छरेका छन् ।

शतबीज अर्थात् सप्तबीजमा धान, जौ, गहुँ, चना, मकै र कागुनो पर्दछन् । पशुपतीनाथ मन्दिर परिसरमा रहेको मृगस्थलीमा एउटा गेडा शतबीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने विश्वास धर्मावलम्बीहरूको रही आएको छ ।