९ कार्तिक २०८३, सोमबार

तुलसीपुर महोत्सवबारे स्थानीय राजनीतिक दलहरूसँग छलफल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १६ मंसिर । तुलसीपुर चेम्बर अफ कमर्शले तुलसीपुरका राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

प्रथम ऐतिहासिक तुलसीपुर महोत्सव २०७८ लाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको महोत्सवका सञ्चार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।

छलफलमा दलहरूले स्थानीय स्थरमा उत्पादन भएका वस्तुलाई व्यसायीकरण गर्नु पर्ने जोड दिएका छन् । स्थानीय उत्पादनलाई पवद्र्धन गर्दै तुलसीपुरका व्यवसायीलाई पनि स्टलका लागि पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।

नागरिकको चहलपहल बढ्दा बजार र मेलाको कारोबारमा पनि वृद्धि हुने भन्दै कसैलाई घाटा र कसैलाई नाफाको कुरामा नअलमलिन व्यवसायीलाई आग्रह गरे ।

छलफल कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष माधव वली, नेपाली काँग्रेसका नगर सचिव बिमल पौडेल, नेकपा माओवादीका नगर सदस्य घनश्याम भण्डारी, नेकपा एकीकृत समाजवादीका नगर इन्चार्ज विष्णु थापा, नेपाल कम्युनिष्ट पार्टीका नगर इञ्चार्ज विकास वली, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रूपबहादुर खत्री, प्रजातान्त्रिक उद्योग व्यापार संघ तुलसीपुरका अध्यक्ष जनक खराल, काँग्रेसका युवा नेता बलीराम खत्रीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गरेका थिए ।

स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार शहर देखि गाउँसम्म व्यापार विस्तार भन्ने नारासहित पुष १ गतेदेखि १२ गतेसम्म तुलसीपुरको घोराही रोडमा प्रथम एतेहासिक तुलसीपुर महोत्सव संचालन हुन लागेको छ ।