९ कार्तिक २०८३, सोमबार

कांग्रेसको १४औं महाधिवेशन : अधिवेशन हुन नसकेका जिल्लाहरूको सबै अधिवेशन स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले अधिवेशन सम्पन्न हुन बाँकी सबै जिल्लाहरूको जिल्ला अधिवेशन स्थगित गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएको हो । ‘आजका मितिसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगत गरिएको छ,’ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपपछि केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी छ ।