७ कार्तिक २०८३, शनिबार

प्रथम ऐतिहासिक तुलसीपुर महोत्सवमा स्थानीय कलाकारलाई प्रथामिकता दिइने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, १६ मंसिर । तुलसीपुर चेम्बर अफ कमर्शले महोत्सव अवधिभर दैनिक एक घण्टा स्थानीय कलाकारलाई स्थान दिने भएको छ ।

कमर्शको हिजो बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तुलसीपुरमा आउँदो पुस १ गते देखि १२ गतेसम्म हुन लागेको प्रथम ऐतिहासिक तुलसीपुर महोत्सव २०७८ मा स्थानीय कलाकारहरुलाई प्राथमिकता दिने निर्णय भएको हो ।

सांस्कृतिक उपसमितिका संयोजक सन्तोष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले अन्तर जिल्ला लोकदोहोरी प्रतियोगिता सञ्चालन गर्ने निर्णय समेत गरेको छ । साथै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार समेत प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार प्रदान गर्ने निर्णय गरेको सांस्कृतिक उपसमितिले जनाएको छ । समितिले उक्त प्रतियोगिताको लागि प्रेम प्रकाश मल्ललाई संयोजक र वाद्यवादक संयोजक खुमेन्द्र पुन मगरलाई दिने निर्णय भएको छ ।