२९ आश्विन २०८३, बिहिबार

नयाँबर्षमा सिटिसी मोबाइल एक्स्पोमा ५० प्रतिशत सम्म छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsung-4days (1)काठमाडौं, ३० चैत । राजधानीको सिटिसी मलमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो २०१५ आज चौथो दिनमा प्रबेश गरेको छ ।

चौथो दिनपनि ग्राहकको भीड कायमै रह्यो । मेलामा नयाँ वर्षको पहिलो दिनको अवसर पारेर हरेक मोबाइलमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । अबलोकन कर्ताको चापलाई ध्यान दिँदै हामीले नयाँबर्ष २०७२ को अबसर पार्दै बिभिन्न कलाकारको साथमा सांगितिक कार्यक्रम गर्न लागेको छ ।

Prachanda visit-mobile3नयाँबर्षको पहिलो दिन नेपालका ख्याती प्राप्त गायक रामकृष्ण ढकालले आफ्नो प्रस्तुती पस्कने कार्यक्रम रहेको छ । यसैगरी रकब्याण्डका अनुप प्रस्थ र उदेशको प्रस्तुती पनि रहेको जानकारी गराउँदछौं । माइक्रोम्याक्सले क्रिकेटको बलिङ प्रतिश्पर्धा गराउँदै बसन्त रेग्मीलाई भेट्ने र बलिङ सिक्ने अबसर प्रदान गर्ने जनाएको छ ।

कलर्स मोबाइलले बास्केट बल प्रतिस्पर्धा गराई आकर्षक उपहार प्रदान गर्ने भएको छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कार्बन मोबाइल खरिद गर्ने ग्राहकलाई अटोग्राफ दिने कार्यक्रम रहेको छ । नेकपा एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालले पनि एक्स्पो अबलोकन गरेका छन् ।

Prachanda visit-mobile2बिभिन्न मोबाइल कम्पनीले आफ्नो प्रचार गर्न चियर्स लेडि मार्फत बिभिन्न डान्सका प्रस्तुतीहरु पस्किरहेका छन् । मोबाइल सम्बन्धी जानकारी दिने बिभिन्न गतिबिधी भइरहेका छन् ।
एक्स्पोको अबधीमा १ दिन सामसुङ ग्यालेक्सी जे १ मोबाइल अपर्याप्त भएको र आजयसको कारोबारका लागि सहज ब्यबस्था मिलाइ सकिएको छ ।

samsung-4days-1१ सय वटाग्यालेक्सी जे १ को कारोबार भएपछि १ वट जे १ मोबाइललक्की ड्र मा समाबेश गराईने छ ।
नयाँबर्षको पूर्व सन्ध्या देखिनै हरेक अबलोकनकर्तालाई एक्स्पोमा प्रबेश गरेसँगै लक्की ड्र मा समाबेश गराइने र अबलोकनकर्ताहरुले भरेको लक्की ड्र कुपनलाई हरेक घण्टा खोलिरहेको छ ।

मोबाइल एक्स्पोमा अबलोकनकर्ताको चापलाई ध्यान दिँदै बिभिन्न कम्पनीहरुले ल्यापटप बिक्रीका स्टल राख्ने भएका छन् ।

samsung-4days (3)नेपालका ख्याती प्राप्त कलाकारले नयाँ बर्षको दिन मोबाइल एक्स्पोको अबलोकन गर्ने कार्यक्रम रहेको छ । बिबिध कार्यक्रम सहित एक्स्पोले नयाँबर्ष मनाउन लागेको आयोजक सिटिसी मोबाइलबजारका महासचिब केशबराज लुइँटेलले जानकारी दिनुभयो ।

२२ जना व्यवसायीले संयुक्त रुपमा सञ्चालन गर्ने सिटिसी मोबाइल बजार प्रालीले बजार शुभारम्भको अवसर पारेर छुटैछुट सहितको मोबाइल एक्स्पोको समेत आयोजना गरेको हो ।

samsung-4days-2सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले मोबाइल बजारमा चोरीका मोबाइललाई पुर्णतःनिषेध गरिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सिटिसी मललाई मोबाइल हबका रुपमा विकास गर्ने योजना सुनाउँदै न्युनतम मुल्यमा ब्राण्डेड मोबाइलहरुको कारोबार मार्फत छोटो समयमा उपभोक्ताको निर्विकल्प बजारका रुपमा स्थापित हुने दावी गर्नुभएको छ ।

samsung-4daysबैशाख ५ गतेसम्म सञ्चालन हुने मेलामा १४ वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर, एक सय वटा मोबाइल पसल, फुडकोर्ट लगायतको सहभागिता रहेको छ । सिटिसी मलको भुई तल्लामा बिभिन्न मोबाइल कम्पनीहरुले फुटशल, क्रिकेट लगायतका प्रतिस्पर्धा गराई आकर्षक पुरस्कार प्रदान गरिरहेका छन् ।

उपभोक्तालाई छुटैछुटको बहार
‘सुचना प्रबिधीको नयाँ आधार, सबैको सिटिसी मोबाइल बजार’ भन्ने नारा सहित मेलाको आयोजना गरिएको हो । नझुक्याउने, पक्का पर्ने उपहार स्किम सहित ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था सहितबजारले हरेक घण्टा क्यासब्याकअफर र लक्की ड्र गर्दै आएको छ । बजार शुभारम्भको दिनक्यास ब्याकअफर मार्फत छुट पाउने मोबाइलखरिकर्तालाई लक्की ड्र सँगै खबर गरि प्रत्यक्ष जानकारी दिइएको थियो ।

कम्पनीहरुको छुट अफर

मेलामा सहभागीता जनाएको भिडियोकोन मोबाइलले प्रत्येक स्मार्टफोनको खरिदमा एउटा आकर्षक भिडियोकोन कम्पनीकै हाते घडी निःशुल्क उपलब्ध गराएको छ भने प्रत्येक सिडिएमए मोबाइल सेटको खरिदमा सिडिएमए सीमकार्ड उपलब्ध गराउँदै आएको छ । साथै कम्पनीले प्रदान गरेको सीममा रु २ सय बराबरको टकटाइम मासिकरुपमा १ बर्ष सम्मबोनस स्वरुपआउने कम्पनीका मेनेजर प्रमेश घिमिरेले जानकारी दिएका छन् ।

Prachanda visit-mobileरेजमोबाइलले आफ्ना २२ वटा मोडलको कारोबार गर्दै प्रत्येक रेज मोबाइलको खरिदमा एक वटा ल्यापटप ब्याग, फोनको मोडल हेरी ४, ८ र १६ जिबीको मेमोरी कार्ड बितरण गर्दै आएको छ । मोबाइल एक्स्पोभरी रेज मोबाइलले ८ देखि ४० प्रतिशत सम्म छुट दिनेछ ।

यसैगरि माइक्रोम्याक्स मोबाइलले एक्स्पोमाक्रिकेट प्रतिस्पर्धा गराउँदै बिभिन्नगिफ्ट, लक्की ड्र, क्रिकेट बल, ब्याग, फ्रि मेकअप सहित ४ वटा नयाँमोडल लञ्च गर्नेछ । यसैगरी सेल्कनमोबाइलले आफ्नो मोडल क्यु ५ र क्यु ४५५ को खरिदमा सेल्फी स्टिक प्रदानगर्दै आएको छ ।

यस्तै बर्ड मोबाइलले प्रत्येक मोबाइलखरिदमा टिसर्ट प्रदान गरेको छ भने मोबाइल खरिदसँगै लक्की ड्र मा समाबेश गरि र लक्की ड्र मा एलइडि टिभी, ल्यापटप र मोबाइल बितरण गरिने जनाएको छ ।

यसैगरी किन्जीन्डा मोबाइलले पहिलोपटक सिटिसी मोबाइल बजारमा रिस्ट वाच मोबाइल डब्लु ३ को लञ्च गरी ४ हजार ३ सयमा उपलब्ध गराउँदै एकवटा ब्लुतुथ फ्रिमा दिएको छ ।

यस्तै कलर्स मोबाइलले आफ्ना ६ वटा मोडल के १५, एक्स ११८, एक्स १३५, एक्स ११३ प्लस, एक्स ११४ र के २० को खरिदमा ५ सय रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म स्क्राच कुपन मार्फत मोबाइल खरिद गर्ने लाई पक्का पर्ने जनाएको छ । यो बाहेक अन्यमोडलमा रु १ सय देखि १ लाखसम्म पर्ने जनाएको छ ।

samsung-4days (2)       Prachanda visit-mobile1