
काठमाडौँ, ११ मंसिर । नेकपाल एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा महिला लगायतको सहभागीता बढ्ने भएको छ ।
एमालेको केन्द्रीय कमिटीमा १०१ जना महिलाको सहभागिता हुने भएको छ ।
सौरहामा शुक्रबार राति बसेको केन्द्रीय कमिटीको बैठकले महिलाको उपस्थिति ७५ बाट बढाएर १०१ पुर्याएसँगै महिलाको उपस्थिति बढ्ने भएको हो ।
केन्द्रीय कमिटीको सङ्ख्या थपिएसँगै महिलाको कोटा बढेजस्तै आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, मजदुर, पिछडिएको क्षेत्रको कोटा पनि बढ्ने भएको छ । यद्यपि संख्या भने निर्णय गरिएको छैन ।












प्रतिक्रिया