७ कार्तिक २०८३, शनिबार

एनआईसी एशिया बैंकलाई आईएसओ प्रमाणपत्र प्राप्त

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवम् आईएसओबाट मान्यता प्राप्त आईएसओल २७००१–२०१३ मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

आईएसओ मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई क्वालिटी अष्ट्रियासँग आबद्ध यस प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो ।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरूको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।