१९ कार्तिक २०८३, बिहिबार

थप २७० जनामा कोरोना पुष्टि, ३०२ निको, २ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा एक हजार २७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ८२९ र एन्टिजेन विधिबाट २६ हजार १७ एन्टिजेन परीक्षण गरिएकोमा २७० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख १५ हजार ९७९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १ हजार ७२२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २८७ जना रहेको छ ।

हालसम्म ८० लाख बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५२० जना पुगेको मन्त्रालयले जनाएको छ ।