
चितवन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि काम गर्न अप्ठ्यारो भएको हुनसक्ने बताएका छन् ।
शुक्रबार चितवनमा एमालेको १० औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीलाई मैले धेरै भन्न चाहन्न। मलाई अप्ठ्यारो पार्नेहरुले नै तपाईंको खुट्टा तान्न लाग्नुभएको छ ।’
ओलीले माओवादी र एकीकृत समाजवादीतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।
उनले देउवालाई भने, ‘एउटा गोप्य कुरा प्रधानमन्त्रीसँग खुलाउनै पर्ने भयो । एमालेले बहुमत ल्याउँछ । विकासका बाँकी रहेका काम चुनावपछि आउने एमाले सरकारले गर्छ ।’












प्रतिक्रिया