१९ कार्तिक २०८३, बिहिबार

नागरिकलाई समृद्ध बनाउनु हामी सबै पार्टीको एउटै लक्ष्य होः प्रधानमन्त्री देउवा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० मंसिर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सबै पार्टीहरुको लक्ष्य एउटै रहेको बताएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

’लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवनपद्धति बनाउन कानुनी शासन जनअधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रको गर्न राष्ट्रिय स्वाधीनता र अखण्डतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन र समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउनु हामी सबै पार्टीको एउटै लक्ष्य हो र हुनुपर्छ,’ उनले भने ।