मुम्बई । केही समय अघि बलिउडका अभिनेता शाहरुख खानको थप्पडले अस्पताल भर्ना भएका हनि सिहंको घटना सेलाउन नपाउँदै भारतका चर्चित पप गायक मिका सिंहले स्टेजमै डाक्टरलाई थप्पड हानेका छन् ।
बेला बेला अनेक हर्कत गरेर चर्चामा आउने गायक मिकाले दिल्लीको इन्द्रपुरमा आयोजित कार्यक्रममा डाक्टरलाई स्टेजमा बोलाएर थप्पड हानेका हुन् । उनको थप्पडबाट डाक्टरको कानको जाली सुनिएको छ ।
स्टेजमा बेलाइएका डाक्टरले आफ्नो जस्तै गरी पर्फमेन्स नगरेको भन्दै मिका दुई थप्पड गालामा हानेका थिए । मिकाले थप्पड हानेपछि डाक्टर प्रहरीको शरणमा पुगेका छन् । उनले प्रहरीमा मिकाविरुद्ध उजुरी हालेका छन् ।
अहिले बलिउडका पूराना कलाकार केही न केही मुद्दाले विवाद र चर्चामा छन् । जस्तै हिट एण्ड रन केशबाट दिनहु अदालत धाइरहेका सलमान खान, केही समयअघि सडकमा पर्खाल बनाएर नभत्काएका साहरुख खान चर्चामा छन् । एजेन्सी















प्रतिक्रिया