१९ कार्तिक २०८३, बिहिबार

बुटवलमा काँग्रेसका देउवा पक्षाबाट पौडेल पक्षका उम्मेदवार कुटिँदा गम्भीर घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ७ मंसिर । नेपाली काँग्रेसको रुपन्देहीमा मतदानस्थलमै कुटाकुट भएको छ ।

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको हो ।

सोमबार भएको निर्वाचनको मंगलबार मतगणनामा विवाद भएपछि कुटाकुट भएको बताइएको छ ।

कुटाकुटमा रामचन्द्र पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् ।

देउवा समूहको कुटाइबाट गम्भीर चोट लागेको बताइएको छ ।

केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको बताइएको छ ।