
काठमाडौँ, ७ मंसिर । नेकपा एमालेले चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यी अध्यक्ष मण्डल गठन गरेको छ ।
मंगलबारको बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरेको हो । जसमा अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् ।
त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले गठन गरेको छ ।
त्यसमा सचिव पृथ्वी सुव्वा, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा,ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमाले महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ ।












प्रतिक्रिया