१९ कार्तिक २०८३, बिहिबार

प्रधानन्यायाधीशको राजीनामाबारे के भने ओलीले ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको विषयमा प्रश्न उठिसकेपछि न्यायाधीशसहितले राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिायमा अध्यक्ष ओलीले सर्वोच्च अदालत परिसरमा भइरहेको आन्दोलन दुःखद भएको टिप्पणी पनि गरेका हुन् ।

‘अहिले सर्वोच्च अदालत प्राङ्गणमा जे भइरहेको छ त्यो दुःखद छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले टाउकाको औषधी नाइटोमा लाएर सम्भव नहुने पनि बताए ।’ उनले थपे, ‘उहाँहरू प्रति यत्रो प्रश्न उठिसकेपछि, सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ मलाई’, ओलीले अन्य न्यायाधीशहरूले पनि राजीनामा गर्नुपर्ने बताए ।’

तर उनले प्रधानन्यायाधीशले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदूषण कम नहुने दाबी गरे । ‘अनि लागेको क्यान्सर छ कुखुराको अण्डा मन्साउने ? कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’, ओलीको प्रश्न छ ।

‘हरेक निकायका सीमा हुन्छन् । हामीले लोकतन्त्रका लागि लडेको यसैका लागि हो । यही मान्यता हाम्रो रहेको छ तर फैसला संविधानमा लेखिएको भन्दा विपरीत हुने गर्यो नेपालमा’, ओलीले भने अहिले सर्वोच्चमा जे भइरहेको छ त्यो बहुत दुःखद भएको उनको भनाइ छ । ‘प्रधानमन्त्री परमादेशबाट हटाएर अर्को प्रधानमन्त्री नियुक्त गर्दा पनि संसद्ले थाहा पाएन’, ओलीको भनाइ छ ।