१९ कार्तिक २०८३, बिहिबार

प्रचण्डलाई ओलीको जवाफः झापामा महाधिवेशन गर्नुस्

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झापामा महाधिवेशन गर्न सुझाव दिएका छन् ।

मंगलबार महाधिवेशनका विषयमा सम्पादकहरुसँग अन्तरक्रियाका क्रममा अध्यक्ष ओलीले चितवनमा प्रचण्डले निर्वाचन लडे भन्दैमा जिल्लै उनको नहुने बताए ।

आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरेको प्रचण्डको अभिव्यक्ति प्रति ओलीले प्रचण्डलाई पनि झापा गएर महाधिवेशन गर्न आह्वान गरेका हुन् ।

’हामीले हाम्रो पार्टीको महिधवेशन गरिरहेका छौं। म प्रचण्डलाई आह्वान गर्न चाहन्छु, झापा आएर गर्नुस् न महाधिवेशन’, उनले भने, ’कसैले कुनै जिल्लाबाट चुनाव लडेको छ भने जिल्लै उसको हुने र अरुले पाइला टेक्न नहुने भन्ने हुँदैन । म त्यो बाटो हिँडेर गएँ भने उहाँले भन्न बेर छैन, मलाई सिध्याउन यही बाटो हिँड्नुपर्छ?’

ओलीले व्यंग्य गर्दै भने, ’उहाँले एमालेले नै भन्नुभएको छ कि छैन मलाई थाहा छैन। तर हामीलाई होइन कि जस्तो पनि मलाई लाग्यो। किनकि सीपी मैनाली नेतृत्वको पार्टीले पनि चितवनमै महाधिवशेन गर्योन। त्यसकै भोलिपल्ट उहाँले केही मान्छेहरु मलाई सिध्याउन यहीँ आएर महाधिवेशन गर्नुपर्छ भनेर रिसाउनुभयो ।’

प्रचण्डसँग आफूहरुको कुनै लिनुदिनु नभएको प्रष्ट पारे ।