७ कार्तिक २०८३, शनिबार

फेरि घट्दै सेयर बजार, एकै दिन ३२ अंकले घट्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । अघिल्लो साता बढेको सेयर बजार पुनः घट्न थालेको छ । यसै क्रममा साताको पहिलो दिन आइतबारदेखि नै घटेको बजार मंगलबार ३२ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ३२.३१ अंकले घटेको छ भने करिब ७४ लाख कित्ता सेयर कारोबार हुँदा सवा ४ अर्बको टर्नओभर भएको छ । आज एउटा कम्पनीले १० प्रतिशतले नाफा कमाएको छ भने अधिकांश कम्पनीले गुमाएका छन् ।