७ कार्तिक २०८३, शनिबार

सुनको मूल्य एकै दिन १ हजार ६०० रुपैयाँले घट्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य एकै दिन १ हजार ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १ हजार ६०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।