
काठमाडौं, ७ मंसिर । मेगा बैंक नेपालले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ ।
बैंकले मंसिर २८ गते ११औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुने छ ।
बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा छन् ।
साधारणसभा प्रयोजनका लागि बैंकले १४ मंसिरमा बुकक्लोज गर्ने भएको छ । जसअनुसार १३ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्ने छन् ।















प्रतिक्रिया