७ कार्तिक २०८३, शनिबार

सिटिजन्स बैंकको कमलादी भवनबाट बैंकिङ्ग सेवा सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूका लागि कमलादीमा काउन्टर विस्तार गरेको छ ।

यसअघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । अब ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग सेवा सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ११३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।