
काठमाडौँ, ६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल)ले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले सोमबार आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका बादलले समृद्ध नेपालको सही नीतिका साथ समाजवादको आधार निर्माणका लागि अग्रसर हुन आग्रह गरे ।
उनले सही नीति र जनमतप्राप्त पार्टीलाई सत्ताबाट बाहिर ल्याएर पार्टी विभाजित गराउन दक्षिणपन्थता भएकाले त्यसलाई परास्त गर्न एमालेले विधान महाधिवेशबाट पारित दस्तावेज र नारा सही भएको जनाए ।












प्रतिक्रिया