७ कार्तिक २०८३, शनिबार

सुन र चाँदी दुबै धातुको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । सोमबार नेपाली बजारमा सुन तथा चाँदी दुबैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो ।

बृद्धि मूल्यसँगै आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रुपैयाँ एक हजार २६० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।