४ मंसिर २०८३, शुक्रबार

जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ६ मंसिर । बैतडी जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना जन्ती गम्भीर घाइते भएका छन् ।

देहिमाडौँबाट जन्ती लिएर सीमायलतर्फ छुटेको म १ ज ३१० नम्बरको जीप आइतबार राति साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षका खेमसिंह कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।