९ कार्तिक २०८३, सोमबार

इन्टरपोलको ८९औं महासभामा सहभागी हुन प्रहरी प्रमुख क्षेत्री टर्की प्रस्थान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । इन्टरपोलको ८९औं महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको इस्तानबुलमा मंसिर ७ देखि ९ गते (२३ देखि २५ नोभेम्बर, २०२१) सम्म सञ्चालन हुने महासभामा सहभागी हुन आज आइतबार उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेशनल सेन्टरल ब्युरो नेपालका प्रमुख समेत रहेका थापा क्षेत्रीसँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत टकी गएका छन् ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित विदाई गरेका छन् ।

१९४ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ नेशनल सेन्टरल ब्युरो (एनसीबी) तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम छन् ।

यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माईक्रोनेसियाले आवेदन गरेको छ ।
महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुने छन् ।

साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम पनि छ ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।