९ कार्तिक २०८३, सोमबार

आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । सरकारले आज आइतबारदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ ।

यसअघि १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको फाइजर खोप आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका अनुसार अबदेखि १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ ।

तर, फाइजर खोपका लागि यसअघि तोकिएका पाँच वटा खोप केन्द्रमा प्रतिकेन्द्र साढे ५ सयको हाराहारीमा मात्रै खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै तत्काललाई खोप पाउने छन् । खोप शाखाका अनुसार आज, भोलि र पर्सिका लागि उक्त उमेर समूहका स्वस्थ बालबालिकालाई खोप दिने तयारी छ ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा ८ र बाहिर १६ वटा गरी कुल २४ वटा अस्पतालमा केन्द्र तोकि गत २८ कात्तिकदेखि लगाउन शुरू गरिएको थियो । यसको दोस्रो मात्रा ४ साता पछि अर्थात २७ मंसिरदेखि २ पुस सम्मका लागि तय गरिएको छ ।