१६ कार्तिक २०८३, सोमबार

बागलुङमा एमाले केन्द्रीय नेता आमरण अनशनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung-govinda-nepali
तस्वीर सौजन्यः हरिनारायण गौतम

रविना बोहोरा

बागलुङ, ३० चैत । बागलुङमा नेकपा एमालेका एक जना केन्द्रीय नेताले आमरण अनशन सुरु गरेका छन् ।

संविधानसभा उपनिर्वाचनका क्रममा पक्राउ परेका आफ्ना पाँच जना कार्यकर्तालाई विनाशर्त रिहा गर्न मा गर्दै नेकपा एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य गोविन्द नेपालीले सोमबार बिहान ८ बजेबाट आमरण अनसशन थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अगाडि आमरण अनशन सुरु गर्दै नेपालीले निर्वाचनका क्रममा आफ्ना कार्यकर्तालाई सुनियोजित रुपमा पक्राउ गरिएको बताए । ‘पक्राउ गरिएका कार्यकर्ता विनाशर्त रिहा गरिनुपर्छ । रिहा नगरिए म मेरो ज्यानै दिन पनि तयार छु । मेरो आमरण अनशन रोकिन्न ।’– नेपालीले भने ।

नेता नेपालीले एमाले कार्यकर्तालाई हिरासतमा राखेर विजय जुलुस नमाउन काँग्रेसको विजयी उम्मेदवार चम्पादेवी खड्कालाई आग्रह पनि गरे ।

निर्वाचनको अघिल्लो दिन दलित बस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा भेटिएका काँग्रेस कार्यकर्ता रामजी नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बानपा १ का युवाहरुलाई पक्राउ गरेको थियो । रामरेखा निम्न माध्यामिक विद्यालय केन्द्रमा मत राख्न गएका रामरेखाका स्थानियलाई रामजीलाई कुटेको भन्दै प्रहरीले प्रकाउ गर्ने थालेपछि मतदान प्रक्रिया केही समय प्रभावित बनेको थियो । रामजीलाई कुटेको भन्दै नेकपा एमालेका कार्यकर्ता टक बोहरा, कर्ण बोहरा, विदुर बोहरा र पप्पु बोहरा गरी ५ जनालाई प्रहरीले नियन्त्रणमा छन् ।