काठमाडौं । विरामी परेकी बज्यै हेरचाहमा खटिएका एक नातीले मसाज गरिदने भन्दै बलात्कार गरेका छन् । ७० वर्षीय बृद्धालाई गाउँकै मंगलबहादुर बरामले मसाज गरिदिने भन्दै बलात्कार गरेका हुन् ।
शुक्रबार राति घरमा कोही नभएको बेला आई आराम विराम सोधेर मंगलबहादुर मसाज गरिदिन्छु भन्दै पहिले योनीमा हात घुसाएको र पछि जबरजस्ती बलात्कार गरेको वृद्धाले महिला अधिकारकर्मीलाई बताएकी छिन् ।
महिला अधिकारकर्मीले उजुरी दिएपछि बलात्कार गरेको अभियोगमा प्रहरीले गोरखा ताकुकोट ८ घर भै हाल श्रीनाथकोट गाविस भालुस्वाँरा बजारमा बस्दै आएका ३२ वर्षका मंगलबहादुरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शनिबार पक्राउ परेका बरामलाई आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ । वृद्धा महिनादिन देखि विरामी थिईन् । विरामी भएपनि वृद्धा सुन्दर महिला भन्दा कम थिईनन् । उनको अहिले उपचार भइराखेको छ ।














प्रतिक्रिया