९ कार्तिक २०८३, सोमबार

देशभर माओवादी केन्द्रको वडा अधिवेशन हुँदै, अध्यक्ष दाहालद्वारा भर्चुअल रूपमा उद्घाटन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ ।

माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गरेपछि अहिले देशभर अधिवेशनहरू भइरहेका छन् ।

माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेको दाबी छ ।

११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुने छ । प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुने छ ।