
– त्रिलोचन कोइराला
यूएई । रोजगारीका लागि यूएईमा कार्यरत युवा-युवतीहरुको समुहले सञ्चालन गरेको द नेशनल युवा बचत कोष यूएईले गत अप्रिल १० तारिक पाँचौ बार्षिक साधारण सभाबाट ग्रामिण बिकास बैंक स्थापना गर्ने योजना सार्बजनिक गरेको छ्र ।
आगामी ६ महिना सम्ममा ग्रामिण बिकास बैंक स्थापनाको लागि आवश्यक प्रक्रिया के–कस्तो रहने अध्यन गरि काभ्रे जिल्लामा प्रधान कार्यालय रहने गरी बैक स्थापना गर्ने योजना साधारण सभाले सर्वसम्मत पास गरेको कोषका सचिब दामोदर दाहालले बताए ।
साधारणसभाले बचत कोषको संसोधित बिधान २०७१ पास गर्दै बैक स्थापनाको अध्यन समय ६ महिना सम्म कोषले ऋण लगानी नगर्ने बताइएको छ ।
सन २०१० मा ५ जनाबाट शुरु भएको उक्त कोषमा हाल ५० सदस्य रहेका छन् । मध्यपूर्वमा काम गर्ने नेपालीलाई अझै पनि खाडी देशमा काम गर्ने नेपालीको नामले चिन्ने तथा तल्लो स्थरको श्रमजीबी बर्गको भावनाले हेर्ने मानसिकतालाइ परिबर्तन गर्न समेत बैंकको परिकल्पना गरिएको बताउदै सचिब दाहालले अब यहाँका नेपालीहरुले पनि युरोप र अमेरिकामा बस्ने नेपालीहरुको तुलनामा नेपालको आर्थिक स्थर बृद्दीमा जोड दिदै लगानीमा बिशेष ध्यान दिन जरुरी रहेको बताए ।
कोषाध्यक्ष पर्वत बिक्रम थापाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा कोषले एक बर्षको अवधिमा २ लाख ७३ हजारको आर्थिक कारोबार गर्दै ७ प्रतिसत मुनाफा आर्जन गर्न सफल भएको छ्र कोषले मुनाफाको केहि प्रतिसत राहात तथा उद्धार कोषमा जम्मा गरेर सामाजिक कार्य तथा आफना सदस्यहरूलाई कुनै दुर्घटना वा असहाय भएको अबस्थामा सहयोग गर्ने प्रतिबेदनमा जनाइएको थियो ।
कोषका अध्यक्ष रामकुमार ढुंगेलले निरन्तर रुपमा थोरै थोरै रकमको बचत मार्फत पुँजीको बिकास गरी कम जोखिमयुक्त क्षेत्रमा लगानी गर्न चाहने प्रवासी युवाहरुलाई कोषमा आवद्ध हुन र सामुहिक रुपमा अघि बढ्न आव्हान गरेका छन् ।
कोष अन्तर्गत एक कल्याणकारी राहत कोष समेत रहेको छ । प्रत्येक सदस्यहरुले उक्त कल्याणकारी राहत कोषमा मासिक रुपमा ५ दिर्हाम रकम जम्मा गर्ने गरेका छन् ।
यसै कल्याणकारी कोष मार्फत केहि समय अघि कोषले पवित्र सेवा समाज नेपाललाई ५१ हजार रुपैया सहयोग उपलब्ध गराएको थियो ।
र उक्त कोष आफना कोषका कुनै सदस्यलाइ कुनै विपत परेको अबस्थामा सहयोग गर्नको लागि निर्माण गरिएको कोषका कोषाध्यक्ष पर्वत बिक्रम थापाले सो सभामा जानकारी गराए ।
कार्यक्रममा पथरी समाज युएइका अध्यक्ष कृष्ण पौडल प्रमुख अतिथि रहेका थिए । आफ्नो मन्तव्यका क्रममा पौडलले शतप्रतिशत युवाहरु संलग्न रहेको कोषले निकै सर्हानिय कार्य गरेको उल्लेख गर्दै युवाहरुको पुँजीलाई सस्थागत गरी नेपालमा ग्रामिण बिकास बैंक अथवा लघुबित्त बैंकमा लगानी गर्न जरुरी रहेको बताउदै सबै प्रवासी नेपालीहरुको लागि प्रेरणा बन्न सकोस् र भोलिका दिनमा यसले अझ ठूलो भूमिका खेल्न सकोस् भन्दै शुभकामना दिए ।
कार्यक्रमको अन्त्यमा बर्षका उत्कृष्ठ २ सदस्यहरुलाई पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ठ ठहरिएका रिता लामिछाने दाहाल र सुरेन्द्र श्रेष्ठलाई कार्यक्रमका सभापति तथा कोषका अध्यक्ष ढुंगेल तथा प्रमुख अतिथि कृष्ण पौडलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।


















प्रतिक्रिया