९ कार्तिक २०८३, सोमबार

महाधिवेशनपछि एमाले एउटै लय, धुन र गतिमा दौडिन्छ : भट्टराई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी एमाले ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने बताएका छन् ।

‘यो महाधिवेनशपछि एमाले एउटा भिन्नै गतिको साथ अघि बढ्नेछ । एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ । एमाले अब हिँड्दैन, दौडिन्छ,’ भट्टराईले भने । उनले पार्टीलाई पुनः सरकारमा कमब्याक गराउनेगरी अघि बढिने पनि विश्वास दिलाए ।

उनले भने, ‘एमालेले ५० प्रतिशतभन्दा बढी स्थानीय तहमा जित्ने संकल्पका साथ हामी फर्किन्छौं । अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने छ । यो महाधिवेनसँगै एमाले सरकारमा कमब्याक हुने छ। सरकारमा एमालेको कमब्याक हुन्छ, हुन्छ ।’