९ कार्तिक २०८३, सोमबार

विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेशसभाको बैठक आह्वान

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३ मंसिर । विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

प्रदेशसभा सचिवालयले मंसिर १४ गते दिउँसो १ बजे बैठक आह्वान गर्दै उपस्थितिका लागि प्रदेशसभा सदस्यलाई सूचित समेत गरेको छ ।

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको हो । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आव्हान गरेका हुन् ।

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए ।