२९ आश्विन २०८३, बिहिबार

इन्डो नेपाल करातेमा तेह्र खेलाडीले प्रतिस्पर्धा गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boxingकाठमाडौँ, ३० चैत । भारतको पञ्जावमा हुने आठौँ इन्डो–नेपाल कराते प्रतियोगितामा १३ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी वैशाख ५ र ६ गते सञ्चालन हुने उक्त प्रतियोगितामा गणेश भण्डारी, सागर न्यौपाने, सागर भेट्वाल, सोनु थापा, अनिश ठाकुर, सम्राट न्यौपाने, सुमन थामी, सुरज बस्नेत र सुजन तामाङ सहभागी रहेका छन् ।

त्यसैगरी, प्रेम बुढा मगर, गोविन्द विक, मेखबहादुर क्षेत्री तथा पवनकुमार सुनारले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले व्यक्तिगत कुमुते र काता तथा टोली काता गरी तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै उक्त प्रतियोगितामा टोलीनेताका रुपमा जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल तथा दक्षिण एसियाका प्रमुख विसनसिंह खड्का र प्रशिक्षकमा सुमन तिमल्सिना पनि सहभागी हुनुहुनेछ ।

टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछन् । रासस