४ मंसिर २०८३, शुक्रबार

आठ जना डीएसपीहरूको एसपीमा बढुवा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाल प्रहरीका ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि बढुवा समितिले सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुने डीएसपीहरूमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

केही दिन अगाडि प्रहरी मुख्यालयले ८ जना एसपीहरूको एसएसपीमा बढुवा गरेको थियो ।