काठमाडौं, ३ मंसिर । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।
उक्त कार्यक्रम यहि मंसिर ३ देखि ७ गतेसम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरूमा आयोजना गर्न लागेको हो ।
ग्राहकहरूले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सक्ने जनाइएको छ । योसंगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने जनाइएको छ ।
फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरू रहेका छन् ।
यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा गएर नयाँ गाडी खरिद गरी फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
विस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्सको शोरुममा सम्पर्क गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा कल गर्न पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।















प्रतिक्रिया