४ मंसिर २०८३, शुक्रबार

सरकारद्वारा राष्ट्रिय सभाको निर्वाचन माघमा गर्ने निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । सरकारले राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने छन् । १९ जना सांसद निर्वाचनबाट आउनेछन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।