
काठमाडौं, २ मंसिर । पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ ।
यस सँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १०औं आउटलेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो ।
सन् २०१२ देखि काठमाडौंको थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखि पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ । अहिले काठमाडौंको नयाँ बानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा रेडमड कफी सञ्चालनमा आइरहेको छ ।
यससँगै रेडमड कफीले अब चाडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले बताएका छन् । साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि बताए ।















प्रतिक्रिया