७ कार्तिक २०८३, शनिबार

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ सञ्चालन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नबिल बैंकले ‘प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई दृष्टिगत गरी बैंकले व्यक्तिगत बचत खाता अन्तर्गत ‘प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ सञ्चालन ल्याएको हो । यो योजना अन्तर्गत बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिने छ ।

ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्ने बैंकले जानकारी दिएको छ । यो योजनामा बैंकले व्यक्तिगत बचत निक्षेपहरूको प्रकाशित ब्याजदर मध्यको उच्च ब्याजदर प्रदान गर्ने पनि बताएको छ । आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले पछिल्लो समय ‘प्रिमियम रेमिट्यान्स सेभिङ एकाउन्ट’ योजना सञ्चालनमा ल्याएको हो ।

सन् १९८४ मा स्थापित बैंकले हालसम्म १३५ वटा शाखा, १८९ वटा एटीएम र १ हजार ५०० वटा भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।