७ कार्तिक २०८३, शनिबार

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो, चाँदीको भने स्थिर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

पहेँलो धातु बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । बुधवार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।