७ कार्तिक २०८३, शनिबार

सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक छैटौं पटक सम्मानित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । आर्थिक वर्ष २०७६/२०७७ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो ।

विभागले मंसिर १ ग्ँते कर दिवसको अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो ।

पछिल्लो १० वर्षमा छैटौं पटक बैंकहरूतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको यस नबिल बैकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र कर भुक्तानीमार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको छ ।

विभिन्न बैंकिङ गतिविधिहरूको शुरुवात गरेको यस बैंकले अर्थव्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवन यापन र उनीहरुको आर्थिक बृद्धिमा समेत व्यापक पहु“च पुराइरहेको छ ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपिया“ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुजीको १ दशलमव १६ गुणा बढी हो ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल र राज्यलाई आर्थिक योगदान पुर्‍याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।