९ कार्तिक २०८३, सोमबार

जबराविरुद्धको आन्दोलन अन्त्य गर्न १३ न्यायाधीशको यस्तो छ प्रस्ताव

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । आन्दोलनले उग्ररुप लिइरेका बेला सर्वोच्च अदालतका १३ जना न्यायाधीशले गोलाप्रथा लागू गर्न फुलकोर्ट अर्थात सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

न्यायाधीशहरूको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बैठक बोलाउन मुख्य रजिस्टारमार्फत आग्रह गरेका हुन् । रजिस्टारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।

प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाएमा बैठकले नियमावली संशोधनको निर्णय गर्नेछ । नियमावलीमा प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरुमा मुद्दा तोक्ने व्यवस्था छ । त्यसलाई संशोधन गरी गोला प्रणालीबाट मुद्दा तोकिने उल्लेख गरिनेछ ।

सर्वोच्च अदालत नियमावली अनुसार फुलकोर्ट प्रधानन्यायाधीशको अध्यक्षतामा बस्छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन भइरहेकाले फुलकोर्ट बैठक बोलाउने बारेमा अन्योल देखिएको छ ।