४ मंसिर २०८३, शुक्रबार

भारतीय नेतासँग कांग्रेस नेता निधिको भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता एवम् लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटघाट भएको छ ।

निधि निवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा नेपाल भारतबीचको द्धिपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी भएको एक नेताले जनाएका छन् ।

भेटघाटमा भाजपा प्रवक्ता सोन्करका साथ पत्नी लगायत डा.राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित जागरण मुक्ति अभियानका नेता खगेन्द्र सुनार सहभागी थिए ।

भेटघाटका क्रममा नेपाल–भारतमा दलितहरूको अवस्था र तिनको हकहितको बारेमा समेत चर्चा भएको थियो ।