१९ कार्तिक २०८३, बिहिबार

उषाकला राईद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ३० कात्तिक । नेकपा एमालेकी नेतृ एवम् प्रदेश नम्बर १ की पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले पार्टीको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।

राईले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

मंगलबार प्रेस चौतारी नेपाल खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राईले दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा राईले खुला वा आरक्षण कोटा कुनमा भन्ने विषयमा भने जिल्लाका नेताहरुबीचमा थप छलफल गर्न बाँकी रहेको बताइन् ।

“एमालेको केन्द्रीय समितिमा बसेर पार्टीको काम गर्ने मेरो इच्छा छ”, उनले भनिन्, “खुला वा आरक्षण जुनसुकै कोटामा मेरो केन्द्रीय सदस्यमा उम्मेदवारी हुनेछ । यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वि.सं. २०२६ सालमा जन्मेकी पूर्वमन्त्री राई कोदोको लोकल रक्सीलाई ब्याण्ड होइन ब्राण्ड बनाइनुपर्ने ‘ब्याण्ड भर्सेस ब्राण्ड’का अभियानकर्ता समेत हुन् ।

खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी राई वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सदस्य बनेकी थिइन् ।

वनस्पति शास्त्रमा एमएसी (मास्टर्स डिग्री) र कानूनमा एलएलबी गरेकी पूर्वमन्त्री राई अखिल नेपाल महिला सङ्घको केन्द्रीय सचिवालय सदस्य छिन् ।