
काठमाडौँ, ३० कात्तिक । पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुनुपर्ने निष्कर्ष निकालेको छ ।
बालुवाटारमा मंगलबार भएको दलको बैठकले न्यायालयको गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिको बैठकले राज्यको महत्त्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्ने निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित सबैलाई छिटो निकास दिने दिशामा पहल गर्न आग्रह गरेको छ ।












प्रतिक्रिया