१९ कार्तिक २०८३, बिहिबार

एमालेले छान्यो रसुवाबाट ७ जना महाधिवेशन प्रतिनिधि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० कात्तिक । नेकपा एमाले रसुवाले ७ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।

चितवनमा आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि रसुवाबाट ७ जना महाधिवेशन प्रतिनिधिहरु छानिएका हुन् ।

रसुवाबाट खुलातर्फ ५ जना, महिला र दलिततर्फ १÷१ जना प्रतिनिधि छनौट भएका छन् । रसुवाबाट खुल्लातर्फ कन्र्याल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट, जनार्दन ढकाल चयन भएका छन् भने महिलातर्फ शुभद्रा देवकोटा र दलिततर्फ चमेली सुनुवार महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।