४ मंसिर २०८३, शुक्रबार

आठ जना एसपीको एसएसपीमा बढुवा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । नेपाल प्रहरीका ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

कात्तिक २९ गते बसेको बढुवा सिफारिस समितिको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाको पहिलो नम्बरमा विकाशराज खनाल परेका छन् । खनाल सिनियर हुँदाहुँदै अघिल्लो पटक एपीबाट एसएसपीमा बढुवा गर्न छुटाइएको थियो । खनालले बल्ल न्याय पाएका छन् । खनालले सबैभन्दा धेरै अंक पाएका छन् ।

दोस्रो नम्बरमा सुदीप राजभण्डारी बढुवा सिफारिसमा परेका छन् । तेस्रो नम्बरमा अनुरागकुमार द्विवेदीको सिफारिस भएको छ ।

राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल पनि बढुवा सिफारिसमा परेका छन् ।