१९ कार्तिक २०८३, बिहिबार

हुण्डी कारोबारमा संलग्न एक जना १६ लाखसहित पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २९ कात्तिक । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ वतन भएका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।